CovidSuchana

Katha Corona – Devi Acharya

मेरो लागि दाल चामल भन्दा पनि डाइपर, युरिन ब्याग, ग्लोभ्स जस्ता सामानहरु अत्यावश्यकीय हुन । सरकारले दिएको दाल चामल पाँच दिन नखाए पनि म बाँच्न सक्छु । तर डाइपर, युरिन व्याग र ग्लोभ्स नभइ एक दिन बाँच्न पनि मलाइ गाह्रो हुन्छ । किनकी म स्पाइनल कर्ड इन्जुरी भएको व्यक्ति हो । म ह्वील चेयर प्रयोग गर्छु ।

मेरो लागि दाल चामल भन्दा पनि डाइपर, युरिन ब्याग, ग्लोभ्स जस्ता सामानहरु अत्यावश्यकीय हुन । सरकारले दिएको दाल चामल पाँच दिन नखाए पनि म बाँच्न सक्छु । तर डाइपर, युरिन व्याग र ग्लोभ्स नभइ एक दिन बाँच्न पनि मलाइ गाह्रो हुन्छ । किनकी म स्पाइनल कर्ड इन्जुरी भएको व्यक्ति हो । म ह्वील चेयर प्रयोग गर्छु ।

कोरोना संक्रमणको महामारीका कारण सरकारले एक हप्ताका लागि भनेर लकडाउन ग¥यो । यो लम्बिन सक्छ भन्ने सोचेर १५ दिन जतिको लागि मलाई चाहिने सामान किनें । तर अब त लकडाउन झन लम्बिएको छ । सामानहरु सकिन थालिसक्यो । सँधै सामान ल्याउने पसलमा मैले फोन गरिरहेको छु । फोन नै उठ्दैन । अरु औषधी पसलको मान्छे पनि कसैसँग सम्पर्क छैन ।बुवाआमा बुटवलमा बस्नु हुन्छ। म काठमाण्डौँको नयाँ बानेश्वरमा कोठा लिएर एक्लै बस्छु ।

अरु बेला मलाई सहयोग गर्न एक जना सहयोगी हुनुहुन्थ्यो । उहाँ पनि बाहिरबाट आउने भएकाले मैले उहाँलाई अहिले काममा नआउन भनेको छु । मैले ह्वील चियर प्रयोग गर्न थालेको १७ वर्ष भयो । तर यो बेला जत्ति गाह्रो मलाई कहिल्यै भएको थिएन । खाना पकाउने, घर सरसफाई गर्ने, कपडा धुने यी सबै काम अहिले म आफैंले गर्नु परेको छ ।

म नेपाल स्पाइनल कर्ड इन्जुरी, स्पोर्टस एसोसिएसनको उपाध्यक्ष पनि हुँ । ठ्याक्कै तथ्यांक त छैन तर लगभग काठमाण्डौँमा मात्रै २ देखि ३ सय महिलाहरुले स्पाइनल कर्ड इन्जुरीको समस्या भोगिरहेका छन् । उनीहरु सबैको यो बेलामा अवस्था कस्तो होला म भन्न सक्दिन ।

सरकारले दाल चामल बाँडेको छ । तर हामी जस्ता अपांगता भएका व्यक्तिहरुको समस्यालाई सम्बोधन गर्न केही गरेकै छैन । अरुले त जाउलो खाएर पनि बाँच्लान तर हामीलाई खाना भन्दा पनि सरसफाई भएन भने बाँच्न सक्दैनौँ । यसले अरु संक्रमणको जोखिम बढाउँछ ।

हामीलाई सरसफाईका सामानहरु दैनिक चाहिन्छ । म त इन्सुलिन युजर पनि हो । एउटा इन्सुलिनको १ हजार पर्छ । यो सबै एकैपटक स्टक राख्न मेरो क्षमताले पनि भ्याउँदैन । कोठाको भाडा, खाद्यान्नको स्टक, अरु सामानको स्टक र औषधीको स्टक । के के कुराको ख्याल हामी एक्लैले गर्ने । यस्तो बेलामा सरकारले हामी जस्ता नागरिकको जीवन सहज बनाउन केही कुरामा त ख्याल गरिदिए हुन्थ्यो ।

#COVID19 #Lockdowndiaries #HerStory #Nepal #कथाकाेराेना #KathaCorona #Disability #Spinalinjuries

4 comments

  • Proactively provide access to unique metrics without principle-centered applications. Objectively negotiate corporate.

    • Phosfluorescently reconceptualize cross-platform process improvements after vertical functionalities. Efficiently incubate customer directed relationships whereas out-of-the-box infomediaries. Objectively envisioneer an.

  • Enthusiastically generate synergistic e-markets without functional solutions. Dramatically maximize future-proof interfaces rather than pandemic meta-services. Assertively transition extensible applications without effective e-commerce. Phosfluorescently matrix clicks-and-mortar processes and focused synergy.

    • Collaboratively strategize premium benefits whereas accurate internal or \”organic\” sources. Competently maximize adaptive information vis-a-vis timely architectures. Dynamically conceptualize.