CovidSuchana

Katha Corona

कथा किन ?

मान्छेको भोगाई भन्दा ठुलो साहित्य अरु केहि पनि हुन सक्दैन । ति भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन् । यी र यस्तै विश्वास बोकेका हामी केहि साथीहरुको संयुक्त प्रयास स्वरुप हामीले कथा कोरोना तपाईहरु समक्ष ल्याएका छौं । यो हाम्रो स्वतः स्फुर्त प्रयास हो । आशा गर्छौं, यी कथाहरुले तपार्ईंमा साहस, उर्जा, आत्मियता, समानुभूति र एकताको भावना सृजना गनए सहयोग गर्नेछन् ।

अहिले हामी कोरोना भाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छौं । संसारभर लाखौं व्यक्तिहरु यो भाइरसबाट संक्रमित भएका छन् भने हजारौं मान्छेहरुले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि २०७६ चैत्र २५ गते सम्म नौ जना व्यक्तिहरु संक्रमित भएको खबर छ । संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (Lockdown) गरेको पनि आज (चैत्र २९) गते १९ दिन भइसक्यो । एक अर्कासंग टाढा बस्नु नै यो संक्रमणबाट बच्ने पहिलो र अचूक ओखती हो ।

विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर समाजमा सबैभन्दा पिंधमा पारिएका व्यक्तिहरुमाथि पर्ने गर्दछ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई यस कथा कोरोना मार्फत बाहिर ल्याउने हामीले कोशिस गरेका हौं। हामीले २०७६ चैत्र २६ गते देखि हरेक दिन यस्ता कथाहरु तपाईंहरु समक्ष ल्याइरहेका छौं ।

कथा कोरोना फेसबुक पेज (https://www.facebook.com/pg/KathaCoronaNepal) लाइक गर्नुहोला । र। हामीलाइ टिव्टरमा पनि @KathaCorona मा फलो गर्नुहोला ।

धन्यवाद।

कथा कोरोना टिम

Connecting people through stories

COVID SUCHANA

Covid Suchana is a virtual platform created to serve as a repository of Gender Equality and Social Inclusion (GESI) related resources easily accessible to the public. This platform will provide the information about existing information developed by Nepal Government,World Health Organization, UN agencies and Other I/NGos on COVID-19 prevention and available services for women and marginalized groups.

Find out more